बिहिबार, १० वैशाख २०८३
मङ्गलबार, ०८ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ८ । ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ काठमाडौं, बैशाख ८ ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका संचालक काठमाडौं पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका–१२ तीनघरे घर भएका २३ वर्षीय निर्दोष सापकोटालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सापकोटाले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्ट्राग्राममा स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिको पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याण्ड जान सम्पर्क गर्नु भनि विज्ञापन राखि थाईल्याण्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुबिधा छ, सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनि जानको लागि लाग्ने रकम उक्त प्रालिको नाममा रकम पठाउन लगाई विभिन्न किसिमको बरबहानाहरू बनाई टार्ने झुलाउने कार्य गरी ठगी गरेको खुल्न आएको छ ।
साथै उनले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेको र हाल सम्म २६ जना पीडितहरूबाट १६ लाख ६० हजार रूपैयाँ ठगी गरेको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ