logo-image

बिहिबार, ०३ वैशाख २०८३

सभामुखकै गाडीलाई ट्राफिक कारबाही, सिंहदरबार छिरेपछि थमाइयो चिट

बुधबार, ०२ वैशाख २०८३ · समसामयिक

सभामुखकै गाडीलाई ट्राफिक कारबाही, सिंहदरबार छिरेपछि थमाइयो चिट

 


काठमाडौं, वैशाख ३ । ट्राफिक नियम सबैका लागि बराबर हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले आज प्रस्तुत गरेको छ। सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार गाडीले थापाथली सडक खण्डमा लेन अनुशासन उल्लंघन गरेपछि प्रहरीले कारबाही गरेको हो।

सभामुखको गाडी मात्र होइन, उहाँको सुरक्षामा खटिएका अगुवा र पछुवा गरी तीनवटै सवारी साधन कारबाहीमा परेका छन्। नियम मिचेर अघि बढेका गाडीहरू सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले त्यहीँ पुगेर जरिवानाको चिट थमाएको थियो। "कानुनभन्दा माथि कोही छैन" भन्ने सन्देश दिँदै प्रहरीले पद वा हैसियत नहेरी नियम पालना गराएको हो।