logo-image

सोमबार, १८ जेठ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, २२ वैशाख २०८३ · समसामयिक

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही, वैशाख २२ । सर्लाहीको बागमती नगरपालिका–२ धरहरा चोकस्थित सडकमा बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ धरहरा टोल बस्ने ७५ वर्षीय हरि बहादुर अधिकारीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित लक्ष्मी खोलाको पुर्व पट्टीको सडकमा प्र.२–०२–००१ त २१०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ गढन्ता टोल घर भएका २६ वर्षीय अनिल कार्कीको घट्नास्थलमै मृत्यु भएको छ । 

सिराहाको सिरहा नगरपालिका–१७ स्थित सडकमा माडर चोकबाट भन्सार कार्यालयतर्फ जाँदै गरेको प्र.२–०१–००४ प ९३४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१६ माडर बस्ने महमद अजातकी छोरी ३ वर्षीया अलीना खातुनको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको हो । प्रहरले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको 

ताजा समाचार