बुधबार, २३ वैशाख २०८३
बुधबार, २३ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २३ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा बा.प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कीर्तिपुर नगरपालिका–४ सल्यानटार बस्ने ३० वर्षीय बिशाल धामीको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो । उक्त मोटरसाइकललाई ना.२ क ३६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा.७३ प ९६५० नम्बरको मोटरसाइकलमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१६ पश्चिमाञ्चल क्याम्पस नजिक सडकमा ग.१७ प ८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–१५ बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुजन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको सप्तकोशी नगरपालिका–१ गोल्चोकस्थित सडकमा बा.५८ प २०२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ पाटनटोल बस्ने ७४ वर्षीय मिश्रीलाल खङको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण (तस्बिरसहित)
एक घण्टा अगाडि
आगामी संसदीय रणनीति तय गर्न काँग्रेस संसदीय दलको बैठक शुरु
एक घण्टा अगाडि