बिहिबार, ३१ वैशाख २०८३
बिहिबार, ३१ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ३१ । नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका-८ बस्ने झापा अर्जुनधारा नगरपालिका-३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
ललितपुरका एक सुनचाँदी व्यवसायीलाई मेरो आमा बिरामी हुनु भएकोले उपचारको लागि रकम आवश्यक परेको र सुन धितो राखी रकम माग गरी नक्कली बिल बिजक बनाई विश्वास दिलाई सुनको लेप लगाएको नक्कली सुन राखी ५ लाख ऋण लिई ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
४ घण्टा अगाडि