शुक्रबार, १८ वैशाख २०८३
शुक्रबार, १८ वैशाख २०८३ · समसामयिक
काठमाडौं, बैशाख १८ । शुक्रबार बिहानै देखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनाराका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने काम सुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रमा रहेका अनाधिकृत बस्ती हटाउन करिब आधा दर्जन डोजर बस्तीमा पु¥याइसकिएको छ।
पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्र्रो चरणमा सुकुम्बासी बस्ती हटाउने काम गर्न लागिएको हो ।
सुकुम्बासी बस्ती हटाउने र संकलित विवरणका आधारमा सुकुम्वासीको पहिचान तथा प्रमाणीकरण गर्ने तयारी छ। विपद्को उच्च जोखिममा रहेका बस्तीहरू वैशाख आज बिहान ७ः०० बजेदेखि खाली गर्ने कार्य सुरु भएको छ।
अहिले घरटहरा भत्काउन अहिले बल्खुमा पनि डोजर पुगेको छ । प्रहरीको बाक्लो उपस्थिति छ । मानिसहरू अझै सामान सारिरहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।