logo-image

आइतबार, १३ मंसिर २०८३

गोदावरी फूलको प्रदर्शनीेको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार, मेला कार्तिक १८ गतेसम्म चल्ने

मङ्गलबार, १७ कात्तिक २०८३ · समसामयिक

गोदावरी फूलको प्रदर्शनीेको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार, मेला कार्तिक १८ गतेसम्म चल्ने


ललितपुर, कात्तिक १७ ।  फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार भएको छ । कार्तिक १२ गतेबाट सुरु भएको यो मेलाको चौथो दिन सम्म ३१  हजार बढीले अबलोकन गरेका थिए भने ९९ लाख ९०हजारको कारोबा भएको थियो ।

प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो । गातारको वर्षाका कारण मेला स्थल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्पप्रेमी तथा ग्राहकहरूले प्रदर्शनीको अवलोकन गर्न र फूल तथा पुष्पजन्य सामग्रीको खरिद–बिक्रीमा सहभागी हुन असुविधा भोग्नुपरेको थियो । अबलोकनकर्ताहरु र ब्यबशायीहरुको अनुरोधमा मेला अबधी दुइ दिन थप गरि कार्तिक १८ गते सम्म थप गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । आज मेलाको पाँचौ दिन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवनी राणाले पनि मेला अवलोकन गर्नुका साथै बिभिन्न प्रकारका फूल बिरुवाहरु खरिद गरेकी थिईन ।

प्रदर्शनीको अवधि थप भएसँगै अब इच्छुक सर्वसाधारणलाई कार्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न एशोसिएसन नेपालले अनुरोध गरेको छ  ।