शुक्रबार, १६ असोज २०८३
शुक्रबार, १६ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १६ । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रणालीमा व्यापक कडाइ गर्दै ल्याएको नयाँ नियम आज (अक्टोबर २) बाट औपचारिक रूपमा लागू भएको छ।
गृहमन्त्री टोनी बर्कले केही साताअघि सार्वजनिक गरेको अध्यागमन नीतिअनुसार अस्ट्रेलियाको गृह मन्त्रालयले अनसोर (अस्ट्रेलियाभित्रैबाट) भिसा आवेदन दिने र परिवारका सदस्यहरूलाई समावेश गर्ने प्रावधानमा कडा प्रतिबन्ध लगाएको हो।
विद्यार्थी भिसामा नयाँ कडाइ नयाँ व्यवस्थाअनुसार अब अध्ययनरत कोर्सभन्दा उच्च तहमा जाने बाहेकका अधिकांश विद्यार्थीले अनिवार्य रूपमा अस्ट्रेलिया बाहिरबाटै (अफसोर) भिसा आवेदन दिनुपर्नेछ। साथै, पुनर्मूल्यांकनको नतिजा नआउन्जेल विद्यार्थीहरूले देश बाहिर नै बस्नुपर्ने नियम बनाइएको छ। यद्यपि, विद्यावारिधि (PhD), विद्यालयस्तर र केही विशेष क्षेत्रका विद्यार्थीलाई भने यसबाट छुट दिइएको छ।
यसअघि नै अस्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई अध्ययनका क्रममा आफ्नो परिवार (डिपेन्डेन्ट) सँगै ल्याउन र पोस्ट वर्क स्टडी भिसा पाएकाहरूलाई समेत परिवार ल्याउन नपाउने घोषणा गरिसकेको छ। सरकारको यो निर्णयले अस्ट्रेलियामा अध्ययनरत तथा त्यहाँ जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।
भिसा अस्वीकृत हुने दर उच्च, ६० हजार नेपाली अध्ययनरत अस्ट्रेलियन सरकारले छनोट प्रक्रियामा कडाइ गरेसँगै नेपालबाट उच्च शिक्षाका लागि आवेदन दिने विद्यार्थीहरूको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च (करिब ६४ प्रतिशत) पुगेको छ।
सरकारी तथ्यांक अनुसार हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ५६ हजार पुराना र करिब ४ हजार मात्र नयाँ भिसा पाएर अध्ययन गरिरहेका विद्यार्थी हुन्। नेपाली विद्यार्थीहरूको पहिलो रोजाइको गन्तव्य मानिने अस्ट्रेलियामा पछिल्लो समय लागू भएका यी कडा नियमहरूका कारण त्यहाँ पुग्न चाहने विद्यार्थीहरूका लागि मार्ग निकै जटिल र असम्भवजस्तै बन्दै गएको छ।
करदाता प्रोत्साहन उपहारः असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा
४७ सेकेण्ड अगाडि
सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छः रामबहादुर थापा
एक घण्टा अगाडि