logo-image

सोमबार, १८ जेठ २०८३

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ: ठगी र आपराधिक विश्वासघातको आरोप

मङ्गलबार, २२ वैशाख २०८३ · समसामयिक

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ: ठगी र आपराधिक विश्वासघातको आरोप

काठमाडौं, वैशाख २२ । स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा काठमाडौँबाट पक्राउ गरेको छ। 

२०७० सालमा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएको स्मार्ट टेलिकमले समयमै नवीकरण दस्तुर र बक्यौता नबुझाएपछि २०८० वैशाख ३ गतेदेखि यसको लाइसेन्स स्वतः रद्द भएको थियो।

कानुनतः लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पूर्ण पूर्वाधार, सञ्जाल र सम्पत्ति दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आउनुपर्ने भए पनि ती सम्पत्तिमाथि अनधिकृत हस्तक्षेप र आर्थिक हिनामिना भएको आशंकामा प्रहरीले जोशीलाई वैशाख २१ गते नियन्त्रणमा लिएको हो। अदालतबाट म्याद थप गरी उनीमाथि हाल सीआईबीले विस्तृत अनुसन्धान गरिरहेको छ।

 

ताजा समाचार