बिहिबार, ३२ असार २०८३
मङ्गलबार, १० चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र १०। सर्लाहीको मलंगवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा पानीट्याङ्कीबाट गम्हरीयातर्फ जाँदै गरेको ज.१ त ६४२५ नम्बरको ट्याक्टरबाट खसेर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय श्यामलाल पासवानको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा लु.२ ख २८९४ नम्बरको ट्याङ्करले ना.५५ प ८०७७ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–७ बस्ने ३५ वर्षीया मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित सडकमा बागमती प्रदेश ०२–०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १–०२–००१ क ४५३३ नम्बरको मिक्चर गाडीले सोमबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार धादिङ बेनीघाट रोराङ गाउँपालिका–८ बस्ने ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मिक्चर गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्वत, फलेबास नगरपालिका–४ मुडिकुवास्थित सडकमा कुश्माबाट खानीगाउँतर्फ जाँदै गरेको ग.१ ज ८०२९ नम्बरको जिप सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ खानीगाउँ बस्ने ३५ वर्षीय संन्जन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको हो ।
डोटी, आदर्श गाउँपालिका–६ रौसेल्ला खोलास्थित सडकमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च ३९२३ नम्बरको जिप अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ काँडीस्याउले बस्ने २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार १९ वर्षीय कैलाश विको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
६ घण्टा अगाडि