सोमबार, १८ जेठ २०८३
आइतबार, २२ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत २२ । सम्पत्ति शुद्धीकरणको कसुरमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्।
यसअघि शुक्रबार सोही ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल पनि पक्राउ परेका थिए। व्यापारी दीपक भट्ट पक्राउ परेसँगै विभागले उनीसँग जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पार्ने क्रममा अग्रवाल समूहका बाबु-छोरालाई नै नियन्त्रणमा लिएको हो।
सुलभ अग्रवाल यसअघि २०७६ सालमा कोरोना महामारीका बेला थर्मल गन महँगोमा बेचेको आरोपमा समेत पक्राउ परेका थिए। हाल दुवै जनामाथि सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।