logo-image

बुधबार, ३० वैशाख २०८३

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान शुरु

बुधबार, ३० वैशाख २०८३ · समसामयिक

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान शुरु

काठमाडौं, वैशाख ३० । देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ । 

पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाकाअनुसार आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान शुरु गरिएको हो । यस महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्दैछन् । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यम (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिएको महासंघले जनाएको छ ।

महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँको उम्मेदवारीको प्रश्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर र समर्थकमा निःवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहनुभएको छ । गत आईतवारदेखि शुरु भएको यस महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । –न्युज एजेन्सी नेपाल