logo-image

आइतबार, २७ वैशाख २०८३

वैशाख २९ भित्रै एसइईको नतिजा सार्वजनिक हुने, बोर्डले मिलायो नतिजा हेर्ने यस्तो व्यवस्था

आइतबार, २७ वैशाख २०८३ · समसामयिक

वैशाख २९ भित्रै एसइईको नतिजा सार्वजनिक हुने, बोर्डले मिलायो नतिजा हेर्ने यस्तो व्यवस्था

भक्तपुर, वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्रै सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको छ।

सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा ल्याउने लक्ष्य राखेपछि बोर्डले उत्तरपुस्तिका परीक्षण, तथ्यांक इन्ट्री र रुजु गर्ने कार्यलाई तीव्र बनाएको हो। कर्मचारीहरूले बिहानदेखि साँझसम्म निरन्तर काम गरिरहेकाले सबै प्राविधिक प्रक्रिया समयमै सकिए तोकिएको मितिभन्दा अगाडि नै नतिजा आउन सक्ने सम्भावना समेत रहेको छ।

यसैबीच, बोर्डले नतिजा सार्वजनिक भएपछि परीक्षार्थीहरूले सजिलै नतिजा प्राप्त गर्न सकून् भनेर विभिन्न माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ। नियमित तथा ग्रेड वृद्धि दुवैतर्फका परीक्षार्थीहरूले नेपाल टेलिकम लगायतका सेवा प्रदायक मार्फत एसएमएस, आईभीआर र बोर्डको आधिकारिक वेबसाइट सहित विभिन्न पोर्टलमार्फत मार्कसिटसहितको नतिजा हेर्न सक्नेछन्। नतिजा प्रकाशनको अन्तिम तयारीसँगै बोर्डले प्राविधिक सुरक्षा र डाटा व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ।