logo-image

सोमबार, १८ जेठ २०८३

चैत १९ देखि एसईई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

बुधबार, ११ चैत २०८२ · समसामयिक

चैत १९ देखि एसईई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

भक्तपुर, चैत ११ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि सुरु हुँदैछ। २१ फागुनमा भएको निर्वाचनका कारण परीक्षा १२ दिनपछि सारिएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष करिब ५ लाख १० हजार विद्यार्थी एसईईमा सहभागी हुँदैछन्, जुन गत वर्षको तुलनामा करिब ४ हजार कम हो। सहभागीमध्ये ६३ हजार विद्यार्थी एक्जाम्टेड छन् भने जापानबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिनेछन्।

देशभर १,९९१ परीक्षा केन्द्र तोकिएका छन् र प्रश्नपत्र ७७ वटै जिल्लामा पुर्‍याइएको छ। परीक्षा चैत १९ देखि २९ गतेसम्म हरेक दिन बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली र त्यसपछि गणित लगायतका विषयहरूको परीक्षा हुनेछ। परीक्षा सुरक्षित बनाउन करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ।

परीक्षा सकिएलगत्तै कापी परीक्षण सुरु गरी असारको तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

ताजा समाचार