सोमबार, १८ जेठ २०८३
बिहिबार, १९ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत १९ । आज देखि एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ ।
आज बिहान ८ बजेदेखि सुरु भएको परिक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुन लागेका छन् । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन् । दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्
आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । र आजबाट सुरु भएको एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ । देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुनेछ । २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने तालिका तय गरिएको छ ।