logo-image

सोमबार, ३० कात्तिक २०८३

छठ पर्व मनाउन जनकपुर पुगेका रास्वपा सभापति लामिछानेद्वारा जानकी मन्दिरसहित विभिन्न मन्दिरमा पूजार्चना

आइतबार, २९ कात्तिक २०८३ · समसामयिक

छठ पर्व मनाउन जनकपुर पुगेका रास्वपा सभापति लामिछानेद्वारा जानकी मन्दिरसहित विभिन्न मन्दिरमा पूजार्चना

महोत्तरी, कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छठ पर्वको अवसरमा धनुषा र महोत्तरीका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूमा पूजार्चना गर्नुभएको छ।

छठ पर्व मनाउन आफ्नी पत्नी निकिता पौडेलसहित जनकपुरधाम आउनुभएका सभापति लामिछानेले आज बिहान प्रसिद्ध जानकी मन्दिरमा पुगी विधिपूर्वक पूजाआजा गर्नुभएको हो।

रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहका अनुसार जानकी मन्दिरको दर्शनपछि सभापति लामिछानेले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा समेत पुगेर पूजार्चना गर्नुभएको छ।

सभापति लामिछाने आज अपराह्न जनकपुरधामको ऐतिहासिक गङ्गासागरमा आयोजित छठ पूजा कार्यक्रममा पनि सहभागी हुनुहुने कार्यक्रम रहेको छ।