logo-image

सोमबार, ३० कात्तिक २०८३

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते

सोमबार, ३० कात्तिक २०८३ · समसामयिक

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते

 

नवलपरासी, कात्तिक ३०। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस आइतबार बिहान करिब ६:४० बजे चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसमा कुल ४१ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका ३३ जनाकै पहिचान खुलेको छ, जसमा अधिकांश सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका यात्रुहरू रहेका छन्। घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र बाँकी ३२ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।

प्रहरीले बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।