logo-image

सोमबार, ३० कात्तिक २०८३

जनकपुरबाट अयोध्या पुग्न अब रेल यात्रा, भारतीय रेल्वेले दियो स्वीकृति

आइतबार, २९ कात्तिक २०८३ · समसामयिक

जनकपुरबाट अयोध्या पुग्न अब रेल यात्रा, भारतीय रेल्वेले दियो स्वीकृति

काठमाडौं, कात्तिक २९ । भारत सरकारले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ।

भारतको रेल मन्त्रालयका अनुसार रेल सेवा शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्नेछ। रेलले जयनगर, मधुबनी, सितामढी, रक्सौल, गोरखपुरलगायत विभिन्न सहरमा व्यावसायिक रोक गर्नेछ।

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी रहेको छ।

यस सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबीच पर्यटन, व्यापार र जनस्तरको सम्बन्ध थप विस्तार गर्ने अपेक्षा गरिएको छ।