सोमबार, २८ वैशाख २०८३
सोमबार, २८ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २८ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्रालिबिच सम्झौंता भएको छ । दुबै संस्थाबिच संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार रोयल टुलिप काठमाडौंलाई निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्दै भविष्यमा सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) गर्ने तयारी अघि बढाइने भएको छ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्रालि (रोयल टुलिप काठमाडौं) का तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले ले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले होटललाई निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने, आवश्यक कानुनी तथा संस्थागत तयारी गर्ने तथा आईपीओ निष्काशनका लागि आवश्यक समन्वयकारी एवं परामर्शदाताको भूमिका निर्वाह गर्नेछ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायबाट सार्वजनिक निष्काशनको अनुमति माग गरिने जनाइएको छ ।
फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्राण्ड अन्तर्गत सञ्चालनमा रहेको रोयल टुलिप काठमाडौं ललितपुरको ग्वार्कोमा अवस्थित पाँचतारे होटल हो । होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । धेरै कोठा क्षमता भएको होटलमध्ये एक मानिने यस होटलमा साना–ठूला गरी १० वटा आधुनिक बैठक हल पनि रहेका छन् । आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा अत्याधुनिक सुविधा सम्पन्न कोठा, हेल्थ क्लब, स्पा तथा विश्वस्तरीय ‘इन–हाउस’ रेष्टुरेन्ट सञ्चालनमा छन् । होटलले उच्चस्तरीय सेवा तथा व्यक्तिगत आतिथ्यमार्फत ग्राहकको बसाइलाई स्मरणीय बनाउने लक्ष्य लिएको जनाएको छ ।
कम्पनीका अनुसार ग्राहक सन्तुष्टि नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै रोयल टुलिप काठमाडौंलाई उत्कृष्ट आतिथ्य गन्तव्यका रूपमा विकास गरिएको बताइएको छ ।
८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश
एक घण्टा अगाडि
अब अनलाइनमार्फत नयाँ प्रिपेड ई–सिम लिन सकिने
२ घण्टा अगाडि