logo-image

बिहिबार, १० वैशाख २०८३

प्रधानमन्त्री बालेन शाहद्वारा थापाथलीका सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन

बिहिबार, १० वैशाख २०८३ · समसामयिक

प्रधानमन्त्री बालेन शाहद्वारा थापाथलीका सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री बालेन शाहले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिनुभएको छ। बुधबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री शाहले सो क्षेत्र खाली गराउन निर्देशन दिनुभएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी शनिबार र आइतबारदेखि नै थापाथलीस्थित बस्ती खाली गराउने अभियान सुरु गर्न निर्देशन दिइएको छ। काठमाडौँबाट सुरु गरिने यो अभियानलाई क्रमशः देशभरका अन्य क्षेत्रमा समेत विस्तार गर्ने सरकारको रणनीति रहेको सचिवालयले स्पष्ट पारेको छ।

यसअघि बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर रहँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास भएको थियो। तर, त्यस समयमा स्थानीय बासिन्दाको चर्को विरोध र तत्कालीन सरकारको असहयोगका कारण उक्त कदम सफल हुन सकेको थिएन। अहिले प्रधानमन्त्रीकै रूपमा शाहले यस कार्यलाई प्राथमिकतामा राखेर अघि बढाउन सुरक्षा संयन्त्रलाई परिचालन गर्नुभएको छ।