बिहिबार, १० वैशाख २०८३
बिहिबार, १० वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख १० । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ ।
स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पुर्याइएको हो ।आज बिहीवार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ ।
मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो । आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् । जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।