बिहिबार, १० वैशाख २०८३
बिहिबार, १० वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख १० । हिमालको काखमा अवस्थित, निलो आकाशमुनि टलपल चम्किने हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र ’छाँयानाथ धाम शान्त एवम् विशिष्ट जीवनशैली मुगुको कार्मारोडको मात्र नभई विश्वकै दुर्लभ र मोहक सम्पदा हो ।
नेपालको स्थानीय तह पुनर्सरचना पश्चात यस जिल्लाका साविकका गाविसहरू समेटेर बनाइएका चार स्थानीय तहमध्ये सदरमुकाम गमगढीको उत्तर–पूर्वमा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका भौगोलिक हिसाबले जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो। यहाँको प्राकितिक तथा जैविक विविधता र असीमित सौन्दर्यले पहिलो पटक पुग्ने जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।
यद्यपि, पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा मुगुम कार्मारोङको यो सौन्दर्य अझै पनि सीमित घेराभित्र कैद छ। यसलाइ मध्यनजर गर्दै, यस क्षेत्रको भौगोलिक विविधता र प्राक्तिक सम्पदालाई विश्वसामु चिनाउन तथा ’एड्भेन्बर स्पोट्ट्र्स’ साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्ने मूल उद्देश्यका साथ हामीले ’प्रथम छायाँनाथ अल्ट्रा रेस’ आयोजना गर्न लागिएको हो । यहाँका हिमाली ट्रेल, प्राचीन तीर्थयात्रा मार्ग र सरक्षित क्षेत्रका भू–बनावटहरू ट्रेल रनिङ, अल्ट्रा म्याराथन र माउन्टेन रनिङका लागि उत्कृष्ट गन्तव्य हुन ।
यसका साथै, कर्णाली नदीमा ह्वाइटवाटर यर्याफ्टिङ, हिमाली क्षेत्रमा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ र लामो ट्रेकिङ रुटहरू विकास गर्न सके यो क्षेत्र नेपालकै प्रमुख साहसिक गन्तव्य (ब्मभलतगचभ ज्गद) बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । यसै सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते पुनुमा छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुँदैछ । किमी (२८८० मीटर उचाईमाबाट सुरु भई छायाँनाथ (४८२० मीटर) र चिताइकुना (२४४० मी) हुदै पुलुमा (२२५५ मी) पुगेर समापन हुने यस ३० किलोमिटर लामो अल्ट्रा रेसमा महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।
नेपाल एड्भेन्चर रनिङ महासंघको प्राविधिक सहयोग रहने यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको ’फन रन’ को समेत व्यवस्था गरिएको छ ।