सोमबार, १८ जेठ २०८३
सोमबार, ०९ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र ९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता लिने निर्णयउपर आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा हुने सुनुवाइको पहिलो नम्बरमै पेशी तोकिएको छ।
यसअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका यसअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू हटाएर केवल सहकारी ठगीमा मात्रै सीमित राख्न निर्देशन दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारीको उक्त निर्णयलाई चुनौती दिँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बादल र अधिवक्ता युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
हिजो आइतबार महान्यायाधिवक्ता कार्यालयले संशोधित फाइल सर्वोच्चमा बुझाएपछि आजको सुनुवाइका लागि बाटो खुलेको हो। आजको बहसले लामिछानेमाथि लागेका ती दुई गम्भीर आरोपहरू खारेज हुने वा पुनः ब्युँतिने भन्ने कुराको फैसला गर्नेछ।