logo-image

बिहिबार, १४ जेठ २०८३

अमेरिका–इरान वार्ताः ओमानलाई हस्तक्षेप नगर्न राष्ट्रपति ट्रम्पको चेतावनी

बिहिबार, १४ जेठ २०८३ · अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताः ओमानलाई हस्तक्षेप नगर्न राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं, जेठ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका बीच ओमानलाई यस प्रक्रियामा हस्तक्षेप नगर्न चेतावनी दिनुभएको छ ।

बुधवार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा बोल्दै राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मज जलडमरूमध्य माथि कसैको नियन्त्रण हुन नदिने र अमेरिकाले यसको निरन्तर निगरानी गर्ने स्पष्ट पार्नुभयो । इरान र ओमानलाई उक्त जलमार्ग नियन्त्रण गर्न दिने खालको कुनै अल्पकालीन सम्झौता स्वीकार गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भन्नुभयो, ‘हुँदैन, यो जलमार्ग सबैका लागि खुला रहनेछ। यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र यसलाई कसैले पनि आफ्नो नियन्त्रणमा राख्न पाउने छैन। हामी यसको निगरानी गर्नेछौँ ।’

ओमानको भूमिकाबारे टिप्पणी गर्दै ट्रम्पले ओमानले अन्य राष्ट्रहरूले जस्तै व्यवहार गर्नुपर्ने बताउनु भयो । अन्यथा अमेरिकाले कडा कदम चाल्नुपर्ने हुने बताउनु भयो । 

इरानी सरकारी टेलिभिजनले अमेरिका र इरानबीच एक अनौपचारिक सम्झौताको मस्यौदा तयार भएको दाबी गरेलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । इरानी सञ्चारमाध्यमका अनुसार उक्त मस्यौदामा हर्मज जलडमरूमध्यको यातायात व्यवस्थापन इरान र ओमानले संयुक्त रूपमा गर्ने, अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउने र सो क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजाने उल्लेख गरिएको थियो । यद्यपि, अमेरिकी प्रशासनले इरानी सञ्चारमाध्यमको उक्त दाबीलाई पूर्ण रूपमा भ्रामक र कपोलकल्पित भन्दै अस्वीकार गरेको छ । अमेरिकाले हर्मज जलडमरूमध्यमा स्वतन्त्र नौवहन कायम राख्नु आफ्नो प्राथमिकता रहेको पुनः दोहो¥याएको छ ।

ताजा समाचार