logo-image

बुधबार, १७ भदौ २०८३

ओली र लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी

बिहिबार, २६ चैत २०८२ · राजनीति

ओली र लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी

काठमाडौं, चैत २६ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी भएको छ। सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको सहमतिपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई रिहा गर्ने तयारी गरेको हो।

प्रहरी स्रोतका अनुसार 'खोजी भएको बेला उपस्थित हुने' सर्तमा उनीहरूलाई जमानीमा छाड्न लागिएको हो। भदौ २३ को घटनासँग सम्बन्धित 'ज्यान सम्बन्धी कसुर' मा अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएकाले आज यो प्रक्रिया अघि बढाइएको हो।

यसअघि चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि पुनः म्याद थप नगर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो। सोही आदेशको पालना गर्दै प्रहरीले अनुसन्धान जारी राखेरै उनीहरूलाई हिरासत मुक्त गर्न लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन्।