बिहिबार, ११ असार २०८३
बिहिबार, ११ असार २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, असार ११ । जापानको उत्तर-पूर्वी क्षेत्रमा पर्ने इवाते प्रान्त नजिक बिहीवार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
जापानको मौसम विज्ञान निकाय (जेएमए) काअनुसार भूकम्पको केन्द्रबिन्दु इवातेको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । स्थानीय समयअनुसार बिहीवार बिहान ७ः३० बजे गएको उक्त भूकम्प जमिनको सतहबाट करिव ५० किलोमिटर गहिराइमा मापन गरिएको थियो । जापानको भूकम्पीय मापन स्केल (सेस्मिक स्केल) अनुसार छिमेकी प्रान्त आओमोरीको हाशिकाकी शहरमा भूकम्पको कडा झट्का महशुस गरिएको थियो ।
उक्त कम्पनको धक्का राजधानी टोकियोसम्म पनि महशुस गरिएको बताइएको छ । जेएमएकाअनुसार भूकम्पको केन्द्रविन्दु ४०.२ डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा अवस्थित थियो । भूकम्पका कारण हालसम्म सुनामीको कुनै पनि चेतावनी वा पूर्वसूचना जारी नगरिएको सम्बन्धित निकायले जनाएको छ ।
देशभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो
एक घण्टा अगाडि