logo-image

बिहिबार, ०३ वैशाख २०८३

टाइम म्यागजिनको सन् २०२६ को प्रभावशाली १०० व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

बिहिबार, ०३ वैशाख २०८३ · समसामयिक

टाइम म्यागजिनको सन् २०२६ को प्रभावशाली १०० व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

काठमाडौं, वैशाख ३ । विश्वप्रसिद्ध टाइम म्यागजिनले नेपालका प्रधानमन्त्री बालेन शाहलाई सन् २०२६ का “१०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” को प्रतिष्ठित सूचीमा समावेश गरेको छ। उनलाई विश्वका शक्तिशाली राजनीतिज्ञ र चिन्तकहरूसँगै 'लिडर' (नेता) विधामा राखिएको छ। 

३६ वर्षीय शाहलाई म्यागजिनले एक “पूर्व हिप-हप स्टार” र नेपालको इतिहासकै सबैभन्दा कम उमेरको प्रधानमन्त्रीका रूपमा चित्रण गर्दै उनको अपत्यारिलो राजनीतिक उदयको चर्चा गरेको छ। फागुन २१ को आम निर्वाचनमा युवा पुस्ताको अभूतपूर्व समर्थन र परम्परागत राजनीतिक शक्तिप्रतिको सार्वजनिक वितृष्णाका कारण उनले सानदार जित हासिल गरेको टाइमले उल्लेख गरेको छ।

दक्षिण एसियामा जकडिएको वंशवादी राजनीतिमाथि ठूलो प्रहारको रूपमा उनको उदयलाई लिँदै म्यागजिनले लेखेको छ, “बालेनको उदय नेपालको ३ करोड जनताको नेतृत्व गर्नु मात्र होइन, बरु यो पुराना राजनीतिक संस्कारहरूलाई पूर्ण रूपमा अस्वीकार गरिएको एक सवल प्रमाण हो।”