logo-image

बुधबार, २३ वैशाख २०८३

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राख्न अनुमति

बुधबार, २३ वैशाख २०८३ · समसामयिक

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं, वैशाख २३ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो।

अदालतको आदेशअनुसार, दीपक भट्टको हकमा पाँचौँ पटक र सुलभ अग्रवालको हकमा छैठौँ पटक म्याद थप गरिएको छ। यो म्याद वैशाख २३ गतेदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ (४) बमोजिम प्रदान गरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विस्तृत अनुसन्धान गरिरहेको छ।