logo-image

सोमबार, १८ जेठ २०८३

काभ्रेको रोशी खोलामा फसेकाहरुको सकुशल उद्धार

मङ्गलबार, २२ वैशाख २०८३ · समसामयिक

काभ्रेको रोशी खोलामा फसेकाहरुको सकुशल उद्धार

काठमाडौं, वैशाख २२ । साेमबार भएकाे बर्षातको कारण काभ्रे जिल्लाको रोशी गाउँपालिका ७ घुमाउने स्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पुर्ण रुपमा अबरोधभई फसेकाहरुको सशस्त्र प्रहरी , नेपाली सेना र नेपाल प्रहरिको संयुक्त सुरक्षाफौजले सकुशल उद्धार गरेको छ ।

५ वटा इभि हाईस खोलामा फसेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यको लागि खटिएको थियो । उक्त टोलीले रोप रेस्क्युबाट उद्धार गर्न सम्भव नभए पश्चात नं. १६ गण सिन्धुपाल्चोक र अस्थायी मनसुन प्रतिकार्य बेश पनौतीबाट विपद् व्यवस्थापन तालिम प्राप्त थप टोलीले ¥याफ्ट बोर्डको सहायताले रिभर क्रसिङ विधिद्धारा ६ जना बालबालिकासहित ३५ जना महिला र ४८ जना पुरुष गरी ८९ जनाको मध्यरातमा  सकुशल उद्धार गरेको हो ।

बैशाख २१ गते साँझ ६ वजेको समयमा पुर्व बाट काठमाडौं तर्फ आउदैं गरेको बा ४ ख ५२६१, बा ४ ख ६३५५,बा ५ ख ३१५८,बाग्मती प्रदेश ०१–००६ ख ७५९६ र बाग्मती प्रदेश ०८–००१ ख ००७७ नम्बरको  ५ वटा इभि हाईस खोलामा फसेका थिए । सवारी साधनहरु भने अझै घटनास्थलमा नै रहेको बताईएको छ ।

यसैगरी काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–५ स्थित बनेपा खड्पु भित्रि सडक खण्डमालिन इन्टरनेशनल बोर्डिङ स्कुलको बस फसेको भन्ने खबर प्राप्त हुनसाथ अस्थायी मनसुन प्रतिकार्य बेश पनौतीबाट सशस्त्र प्रहरीको टोली खटिगर्ई ३० जना विद्यार्थी र ५ जना शिक्षक सहित ३५ जनालाई सकुशल उद्धार गरेको छ । 

 

ताजा समाचार