सोमबार, २१ वैशाख २०८३
सोमबार, २१ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २१ । भक्तपुरको भक्तपुर नगरपालिका–५ आदर्शस्थित भक्तपुर फ्यूल सेन्टर नजिक सडकमा बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री भारत दरभंगा धोहीघाट घर भएका ४३ वर्षीय विसूनदेव सहनीको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल दुधपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।