शनिबार, २० भदौ २०८३
आइतबार, २२ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २२ । आजको संघीय संसदका दुवै सदनको बैठक सिंहदरबारमा बस्दैछ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे नयाँ निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा सुरु हुनेछ, जहाँ शुक्रबार निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याललाई सभामुख चयन गर्ने औपचारिक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ।
त्यसैगरी, दिउँसो १२:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न समितिहरूको सदस्य हेरफेर, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको वार्षिक प्रतिवेदन (२०८१/८२) पेश गर्ने कार्यक्रम रहेको छ।