बिहिबार, १५ असोज २०८३
बिहिबार, १५ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १५ । थापाथलीस्थित बागमती पुलमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते रौतहट कटहरिया–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। शङ्खमूलबाट थापाथलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको स्कुटरसँग जुधेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार दिपेन्द्र दास तथा स्कुटर चालक सुदिप श्रेष्ठ र पछाडि सवार मोहन शाह घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सर्लाही–४ बाट मनिष मिश्र महाधिवेशन प्रतिनिधि निर्वाचित
२ घण्टा अगाडि
सशस्त्र प्रहरीद्वारा सिरहाबाट ११ सय किलो गांजा बरामद
४ घण्टा अगाडि