logo-image

बिहिबार, १५ असोज २०८३

सर्लाही–४ बाट मनिष मिश्र महाधिवेशन प्रतिनिधि निर्वाचित

बिहिबार, १५ असोज २०८३ · राजनीति

सर्लाही–४ बाट मनिष मिश्र महाधिवेशन प्रतिनिधि निर्वाचित


काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष कुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । 

सर्लाही–४ बाट भएको क्षेत्रीय अधिवेशन प्रक्रियामा मिश्र महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन भएका हुन्। उनी नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत रहेका छन् । मिश्रको सर्वसम्मत चयनसँगै आगामी महाधिवेशनका लागि सर्लाही–४ बाट उनको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका मिश्रलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो । 

ताजा समाचार