logo-image

शुक्रबार, १६ असोज २०८३

सशस्त्र प्रहरीद्वारा सिरहाबाट ११ सय किलो गांजा बरामद

बिहिबार, १५ असोज २०८३ · समसामयिक

सशस्त्र प्रहरीद्वारा सिरहाबाट ११ सय किलो गांजा बरामद

 

काठमाडौं, असोज १५ । सिरहा बाट सशस्त्र प्रहरी बलले ११ सय  किलो गांजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गए राती करिब १ बजे  सिरहा जिल्लाको  सुखीपुर नगरपालिका –१० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटर साइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडि  र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा  नियन्त्रणमा लिएको हो ।२६ वटा बोरामा  प्याक गरिएको  ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेका छन् । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रकृया रहेको छ ।