मङ्गलबार, २९ वैशाख २०८३
मङ्गलबार, २९ वैशाख २०८३ · समसामयिक
भक्तपुर, वैशाख २९ । चाँगुनारायण नगरपालिका–९ ताथलीबाट करिब १ किलो ५ सय ७७ ग्राम तौलको चाँदी जस्तो देखिने धातु सहित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ पुलबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० घर भएका ३२ वर्षीय राजु स्वेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी चालक राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।