शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, ०४ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै लाइसेन्स छपाइमा देखिएको ढिलाइ अन्त्य गर्ने ऐतिहासिक घोषणा गर्नुभएको छ। अबदेखि ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिने व्यवस्था सुरु भएको छ।
हाल दैनिक ४० हजारका दरले लाइसेन्स छापिरहेको केन्द्रले आगामी असार मसान्तभित्र बाँकी रहेका १७ लाख कार्ड छापिसक्ने लक्ष्य लिएको छ। करिब एक अर्ब रुपैयाँ बराबरका मेसिनहरू लामो समयदेखि थन्किएर बसेकोमा मन्त्रालयको विशेष पहलमा तिनलाई पुनः सञ्चालनमा ल्याइएको हो। केन्द्रले भविष्यमा राहदानी, चेकबुक र अन्तःशुल्क स्टिकरजस्ता महत्त्वपूर्ण कागजातसमेत छाप्ने तयारी गरेको छ।
यस कदमले वर्षौंदेखि लाइसेन्सको प्रतीक्षामा रहेका लाखौँ नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना
१३ घण्टा अगाडि