बुधबार, ०३ भदौ २०८३
बुधबार, ०३ भदौ २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, भदौ ३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल कुनैपनि किसिमको संवाद वा वार्ता भइरहेको वा तय भएको कुरालाई अस्वीकार गर्नुभएको छ ।
मंगलवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इस्लामिक गणतन्त्र इरानसँग वार्ताको कुनै तालिका नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले हाल नौसैनिक नाकाबन्दी पूर्णरूपमा प्रभावकारी रहेको र रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य खुला भई सञ्चालनमा रहेको बताउनु भयो ।
यसैगरी, ट्रम्पले समुन्द्री मार्गमा बिछ्याइएका सबै जलसुरुङहरू हटाइसकिएको वा निष्क्रिय पारिसकिएको समेत उल्लेख गरेका छन् ।