सोमबार, ३० कात्तिक २०८३
सोमबार, ३० कात्तिक २०८३ · समसामयिक
काठमाडौं, कात्तिक ३० । एनआईसी एशिया बैंकले बीवाइडीका गाडी किन्न सहुलियत ब्याजदरमा विशेष सुविधा दिने भएको छ । एनआईसी एशिया बैंक र साइमेक्स इन्क प्रालिबीच ग्राहकहरूलाई लक्षित गर्दै यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यो समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले अब बीवाइडी ब्रान्डका हरेक गाडी खरिद गर्दा सहुलियत ब्याजदरमा विशेष सुविधा तथा छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंक र साइमेक्स इन्कबीच भएको यो सहकार्यले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि बैंकिङ कर्जा तथा प्रक्रिया सहज बनाउने विश्वास लिइएको बैंकले जनाएको छ ।