सोमबार, १८ जेठ २०८३
बुधबार, ०६ जेठ २०८३ · समसामयिक
भक्तपुर, जेठ ६ । गठ्ठाघरमा सडक छेउमा बेवारिसे अवस्थामा नवजात शिशु फेला भक्तपुरको गठ्ठाघरमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।
आज बिहान करिब ५:३० बजे गठ्ठाघरबाट हाज्मातर्फ जाने सडक खण्डको छेउमा कपडामा बेरिएको अवस्थामा सालनालसहित शिशु फेला परेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले सडक छेउमा बच्चा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। शिशुलाई उद्धार गरी पहिचान र स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ।
शिशु कसले र किन छाडेको हो भन्नेबारे खुल्न सकेको छैन। प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै शिशुका अभिभावकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२ घण्टा अगाडि
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
३ घण्टा अगाडि