logo-image

बिहिबार, ३२ असार २०८३

इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण

बिहिबार, ३२ असार २०८३ · अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण

काठमाडौं, असार ३२ । अमेरिकी केन्द्रिय कमान्ड (सेन्ट्रल कमाण्ड) ले बुधवार इरान विरुद्ध नयाँ चरणको हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्ति अनुसार, बुधबार दिउँसो ३ बजे (पूर्वी समय) अमेरिकी सेनाले दोस्रो चरणको सैन्य कारबाही शुरु गरेको हो । यो आक्रमण विशेष गरी होर्मुज जलसन्धि भएर आवतजावत गर्ने जहाजहरूका लागि खतरा मानिएका इरानी सैन्य क्षमतालाई लक्षित गरी गरिएको जनाइएको छ ।

यसअघि बुधवार बिहान ६ बजेदेखि शुरु भएको ९० मिनेट लामो पहिलो चरणको आक्रमणका क्रममा अमेरिकी सेनाले ग्रेटर टुनब टापुमा रहेका तटीय रक्षा प्रणाली, क्रुज मिसाइल भण्डारण र प्रक्षेपण स्थलहरूमा ‘प्रिसिजन म्युनेसन्स’ (सटिक निशाना लगाउने हतियार) मार्फत प्रहार गरेको थियो । इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः शुरु गरेसँगै संयुक्त राज्य अमेरिकाले मंगलवारदेखि नै इरानमाथि शृङ्खलावद्ध आक्रमण गरिरहेको छ ।

मंगलवार राति अमेरिकी सेनाले सात घण्टासम्म सञ्चालन गरेको सैन्य कारबाहीमा होर्मुज जलसन्धि र इरानी तटीय क्षेत्र नजिकै रहेका मिसाइल र ड्रोन साइट, नौसैनिक क्षमता र तटीय रक्षा प्रणाली लगायत दर्जनौँ सैन्य लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेको छ । 

ताजा समाचार