logo-image

सोमबार, २८ वैशाख २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा सीईओको राजीनामाबारे आएका समाचारको खण्डन

सोमबार, २८ वैशाख २०८३ · समसामयिक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा सीईओको राजीनामाबारे आएका समाचारको खण्डन



काठमाडौं, वैशाख २८ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामा सम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सीईओ पाण्डेको राजीनामा सम्बन्धी प्रकाशित तथा प्रसारित समाचारहरू भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको हो । विज्ञप्तिमा सीईओ पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहँदै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न रहेको उल्लेख गरिएको छ । बैंकले बैंक सम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग आग्रह गरेको छ ।

साथै, बैंकले ग्राहक, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ ।