logo-image

सोमबार, १८ जेठ २०८३

“अवसरको झोला” अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी

सोमबार, ०९ चैत २०८२ · समसामयिक

“अवसरको झोला” अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी


काठमाडौं, चैत्र ९ । हरेक बालबालिकामा सपना हुन्छ। तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन । यही यथार्थलाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ ।

कसैका लागि साधारण देखिने एउटा झोला, यी बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्छ । यही सोचका साथ बैंकले उनीहरूको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको छ।कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा देखिएको खुशी केवल सामग्री प्राप्तिको थिएन—त्यो त “अब म पनि सक्छु” भन्ने विश्वासको झल्को थियो । यसै अभियान सँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ । 

ताजा समाचार