बुधबार, ३० वैशाख २०८३
बुधबार, ३० वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ३० । मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत केबलकार निर्माणलाई निरन्तरता दिइएको भन्दै चरणवद्ध आन्दोलन गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले गैरकानूनी रूपमा ठगी, भ्रष्टाचार तथा फर्जी कागजातको आधारमा मुक्कुमलुङ अतिक्रमण गरी केबलकार निर्माण अघि आरोप लगाउनुभधयो । उहाँले केबलकार निर्माणको विषयमा सरकारसँग निरन्तर वार्ता र छलफल भइरहेको अवस्थामा समेत निर्माण कार्य नरोकिएको भन्दै सम्बन्धित पक्षलाई खबरदारी गर्न आन्दोलन गर्न बाध्य भएको बताउनु भयो । उहाँकाअनुसार केबलकार निर्माण कार्य रोक्न माग गर्दै वैशाख ३० गते काठमाडौं, ताप्लेजुङ तथा कोशी प्रदेशका विभिन्न जिल्लामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ ५ गते राजनीतिक दलहरूसँग अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थेगिमले बताउनुभयो । उहाँले जेठ ११ गते मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा ताप्लेजुङसहित विभिन्न जिल्लामा कालो ब्यानरसहित कोणसभा आयोजना गरिने बताउनुभयो । आन्दोलनका कार्यक्रमहरु कोशी प्रदेशमा केन्द्रित गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘गैरकानूनी रुपमा व्यापक ठगी र भ्रष्टाचार गर्दै झुटा, फर्जी तथा नक्कली दस्तावेजको आधारमा मुक्कुमलुङ अतिक्रमण र केबलकार निर्माण रोक्ने विषयमा सरकारसँग हाम्रो निरन्तर वार्ता र छलफल चलिरहेकै छ । यसअघि सरकारले स्थानीय निकाय र सम्बन्धीत पक्षलाई केबलकार निर्माणका सबै कार्यलाई रोक्न दिएको निर्देशनलाई लत्याएर निर्माण कार्यलाई निरन्तरता दिएकोले सम्बन्धीत सबैलाई खबरदारी गर्न आन्दोलनको घोषणा गर्न बाध्य भएका छौँ । आन्दोलनका कार्यक्रमअनुसार बैशाख ३० गते पत्रकार सम्मेलन गर्ने, यो पत्रकार सम्मेलन ताप्लेजुङ र काठमाडौंसहित प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पनि यो कार्यक्रम हुँदै छ । अगामी जेठ ५ गते मुक्कुमलुङ संरक्षण र केबलकार खारेजीको सम्बन्धमा राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने, जेठ ७ गते मुक्कुमलुङ अतिक्रमण र केबलकार निर्माण योजनाको विरोधस्वरु प्रधामन्त्रीज्यूलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने, जेठ ९ गते मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी आन्दोलनको सन्दर्भमा विभिन्न संघ संस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने, जेठ ११ गते मुक्कुमलुङ संरक्षण र केबलकार निर्माणको विरोध स्वरुप कालो भण्डासहित कोण सभा गर्ने (ताप्लेजुङसहित विभिन्न जिल्लामा) ।’
मुक्कुमलुङ (पाथीभरा) क्षेत्र संरक्षणका लागि आन्दोलनका कार्यक्रमहरुमा सहभागि हुन समेत सबैमा अपिल गर्नुभयो ।–न्युज एजेन्सी नेपालमुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत केबलकार निर्माणलाई निरन्तरता दिइएको भन्दै चरणवद्ध आन्दोलन गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले गैरकानूनी रूपमा ठगी, भ्रष्टाचार तथा फर्जी कागजातको आधारमा मुक्कुमलुङ अतिक्रमण गरी केबलकार निर्माण अघि आरोप लगाउनुभधयो । उहाँले केबलकार निर्माणको विषयमा सरकारसँग निरन्तर वार्ता र छलफल भइरहेको अवस्थामा समेत निर्माण कार्य नरोकिएको भन्दै सम्बन्धित पक्षलाई खबरदारी गर्न आन्दोलन गर्न बाध्य भएको बताउनु भयो । उहाँकाअनुसार केबलकार निर्माण कार्य रोक्न माग गर्दै वैशाख ३० गते काठमाडौं, ताप्लेजुङ तथा कोशी प्रदेशका विभिन्न जिल्लामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ ५ गते राजनीतिक दलहरूसँग अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थेगिमले बताउनुभयो । उहाँले जेठ ११ गते मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा ताप्लेजुङसहित विभिन्न जिल्लामा कालो ब्यानरसहित कोणसभा आयोजना गरिने बताउनुभयो । आन्दोलनका कार्यक्रमहरु कोशी प्रदेशमा केन्द्रित गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘गैरकानूनी रुपमा व्यापक ठगी र भ्रष्टाचार गर्दै झुटा, फर्जी तथा नक्कली दस्तावेजको आधारमा मुक्कुमलुङ अतिक्रमण र केबलकार निर्माण रोक्ने विषयमा सरकारसँग हाम्रो निरन्तर वार्ता र छलफल चलिरहेकै छ । यसअघि सरकारले स्थानीय निकाय र सम्बन्धीत पक्षलाई केबलकार निर्माणका सबै कार्यलाई रोक्न दिएको निर्देशनलाई लत्याएर निर्माण कार्यलाई निरन्तरता दिएकोले सम्बन्धीत सबैलाई खबरदारी गर्न आन्दोलनको घोषणा गर्न बाध्य भएका छौँ । आन्दोलनका कार्यक्रमअनुसार बैशाख ३० गते पत्रकार सम्मेलन गर्ने, यो पत्रकार सम्मेलन ताप्लेजुङ र काठमाडौंसहित प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पनि यो कार्यक्रम हुँदै छ । अगामी जेठ ५ गते मुक्कुमलुङ संरक्षण र केबलकार खारेजीको सम्बन्धमा राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने, जेठ ७ गते मुक्कुमलुङ अतिक्रमण र केबलकार निर्माण योजनाको विरोधस्वरु प्रधामन्त्रीज्यूलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने, जेठ ९ गते मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी आन्दोलनको सन्दर्भमा विभिन्न संघ संस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने, जेठ ११ गते मुक्कुमलुङ संरक्षण र केबलकार निर्माणको विरोध स्वरुप कालो भण्डासहित कोण सभा गर्ने (ताप्लेजुङसहित विभिन्न जिल्लामा) ।’
मुक्कुमलुङ (पाथीभरा) क्षेत्र संरक्षणका लागि आन्दोलनका कार्यक्रमहरुमा सहभागि हुन समेत सबैमा अपिल गर्नुभयो ।–न्युज एजेन्सी नेपाल