logo-image

आइतबार, १४ असार २०८३

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु: २४ वर्षीय युवक पक्राउ

आइतबार, १४ असार २०८३ · समसामयिक

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु: २४ वर्षीय युवक पक्राउ

भक्तपुर, असार १४ । आफ्नै आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोक बस्ने  उदयपुर कटारी नगरपालिका-५ घर भएका २४ वर्षीय किरण चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

किरणले कुटपिट गर्दा मेघिया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी मेघियाको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार