सोमबार, १८ जेठ २०८३
आइतबार, १३ वैशाख २०८३ · समसामयिक
काठमाडौं, बैशाख १३ । सरकारले सरकारी जग्गामा बनेका सुकुम्बासी बस्ती खाली गर्न थालेपछि काठमाडौंको मनोहरा क्षेत्रका सुकुम्बासीले बिहानैदेखि सामान सारेका छन् । शनिबार अपरान्ह मनोहरा क्षेत्रमा प्रहरी पुग्दा स्थानियको अवरोधपछि प्रहरी फिर्ता भएको थियो ।
शनिबार सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केहीबेर ढुंगामुढा हुादा प्रहरी घाइते समेत भएका थिए। आइतबार मनोहरा क्षेत्रका संरचनामा डोजर चलाइने काठमाडौं महानगरले जनाएको छ ।
यसपछि अहिले सुकुम्बासी बस्तीका स्थानियले घरका सामान तथा जस्तापाता निकाल्न लागेको देखिन्छ ।