logo-image

शुक्रबार, ०१ जेठ २०८३

मुक्तिनाथ विकास बैंकको सीईओमा मानन्धरले सम्हाले कार्यभार

शुक्रबार, ०१ जेठ २०८३ · समसामयिक

मुक्तिनाथ विकास बैंकको सीईओमा मानन्धरले सम्हाले कार्यभार


काठमाडौं, जेठ १ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तारा मानन्धरले आज शुत्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बिहीबार बसेको ३७१ औँ बैठकले मानन्धरलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकका कम्पनी सचिव डण्डापानी ढकालका अनुसार जेठ १, २०८३ देखि उनले कार्यभार सम्हालेका हुन् । 

यसअघि बैंकका सीईओ रहेका प्रद्युमन पोखरेल को कार्यकाल वैशाख मसान्तसँगै सकिएपछि मानन्धरले जिम्मेवारी सम्हालेका हुन । स्याङ्जाको हरिनास गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएका मानन्धर बैंकिङ तथा कर्पोरेट व्यवस्थापन क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन् । 

उनी यसअघि डिश मिडिया नेटवर्क का प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।त्यसअघि उनले दुई दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका छन्। यस अवधिमा उनले प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लगायतका बैंक तथा वित्तीय संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।

बैंकिङ क्षेत्रको निकै लामो  अनुभव र व्यवस्थापकीय दक्षताका आधारमा मानन्धरको नेतृत्वमा मुक्तिनाथ विकास बैंकले नयाँ रणनीतिक उचाइ हासिल गर्ने अपेक्षा बैकले गरेको छ ।