सोमबार, १८ जेठ २०८३
सोमबार, ३० चैत २०८२ · समसामयिक
ललितपुर, चैत्र ३० । जावलाखेलस्थित सदर चिडियाखानाभित्रको पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। सोमबार बिहान पोखरीमा शव तैरिरहेको अवस्थामा भेटिएपछि प्रहरीले उद्धार गरी पाटन अस्पताल पुर्याएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। "हामी घटनाको विस्तृत अनुसन्धान गर्दैछौँ। उनी चिडियाखाना अवलोकनका लागि आएका व्यक्ति हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ," बोगटीले भने।
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन चिडियाखाना भित्रका सीसीटीभी फुटेजहरू संकलन गरी अध्ययन सुरु गरेको छ।