logo-image

सोमबार, १८ जेठ २०८३

मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात

बुधबार, ११ चैत २०८२ · समसामयिक

मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात


काठमाडौं, चैत ११ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको  छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।
त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा तराईका भूभागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । 

ताजा समाचार