logo-image

सोमबार, १८ जेठ २०८३

प्रधानमन्त्री बालेन विरुद्ध अपमानजनक सामग्री सम्प्रेषण गर्ने युट्युबरमाथि कानुनी कडा‍ई

आइतबार, २९ चैत २०८२ · समसामयिक

प्रधानमन्त्री बालेन विरुद्ध अपमानजनक सामग्री सम्प्रेषण गर्ने युट्युबरमाथि कानुनी कडा‍ई

काठमाडौं, चैत्र २९ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका राजनीतिक व्यक्तित्वहरूलाई युट्युबमार्फत अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो। 'Hades' नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री र अन्य नेताहरूलाई गालीगलौज तथा चरित्र हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्। 

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय माध्यमबाट कसैलाई अपमान वा दुर्व्यवहार गर्ने सामग्री प्रसारण गर्न नपाइने व्यवस्था छ, जसको उल्लंघन गरेमा ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। 

सामाजिक सञ्जालमा अमर्यादित सामग्री प्रसारण गरी व्यक्तिको चरित्र हत्या गरेको आरोपमा उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।