बिहिबार, ०७ जेठ २०८३
बिहिबार, ०७ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ७ । नेपाल टेलिकम ले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछाने लाई कम्पनीको प्रवक्ता तोकेको जनाएको छ ।
कम्पनीले आमसञ्चारकर्मी तथा सरोकारवालाको जानकारीका लागि उक्त निर्णय सार्वजनिक गरेको हो । नवनियुक्त प्रवक्ता लामिछानेसँग सम्पर्क गर्न कार्यालय नम्बर ०१–४२१०२८८ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।